• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • थप
    • प्रवास
    • साहित्य
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • फिचर
    • रोचक
    • विज्ञान प्रविधि
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
आइतबार, फागुन १७, २०८२
☰
आइतबार, फागुन १७, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • थप
      • प्रवास
      • साहित्य
      • अन्तराष्ट्रिय
      • पत्रपत्रिका
      • फिचर
      • रोचक
      • विज्ञान प्रविधि
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

म्याद गुज्रिएको औषधि बेच्ने नवजीवन अस्पताललाई २ लाख रुपैयाँ जरिवाना

भ्रातृ संस्थामा समानान्तर समिति बनाउने शेखर समूहको चेतावनी

चुनावका लागि दुई करोड मतपत्र छाप्ने निर्वाचन आयोगको तयारी

एमालेले तय गर्‍यो उम्मेदवार छनौटका ६ वटा मापदण्ड

आणविक हतियार प्रयोग गर्ने रुसको चेतावनी

भूपू सैनिकलाई प्रधानसेनापतिको आग्रह : विदेशमा पैसा फलेको हुन्न, यहीँ परिश्रम गर्नुहोस्’

भुपेन्द्र बडुवाल हत्याका प्रकरण : फरार तीन अभियुक्त पक्राउ

लोकप्रिय समाचार

फल्दै गरेको बालीदेखि हुर्किँदै गरेको रूख धितोमा राखेर ऋण लिन सकिने


  •   सोमबार, माघ २८, २०८१ मा प्रकाशित
  • काठमाण्डौँ ।

    Advertisement

    सुरक्षित कारोबार ऐनको संशोधनसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ । राष्ट्रिय सभामा उत्पत्ति भएको उक्त विधेयकलाई सोमबार प्रतिनिधिसभाले संशोधनसहित सर्वसम्मतिले पारित गरेको हो ।

     पारित भएसँगै उक्त विधेयक अब राष्ट्रिय सभामा जानेछ । राष्ट्रिय सभा अध्यक्षले यसलाई प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउनेछन् । प्रमाणीकरण भएपछि राजपत्रमा सूचना प्रकाशित भएपछि उक्त संशोधन लागु हुनेछ । यो संशोधनपछि २०६३ सालमा बनेर एक दशकपछि लागु भएको उक्त ऐन थप व्यवस्थित रूपमा कार्यान्वयन हुने बाटो खुल्नेछ । यसले कारोबारको दायरालाई थप फराकिलो र प्रस्ट बनाएको छ ।  

    अहिले व्यक्तिगत तथा संस्थागत रूपमा ऋणको कारोबार हुँदा विभिन्न सम्पत्ति धितोमा राख्ने प्रचलन छ । बैंक तथा वित्तीय संस्थाले पनि सम्पत्ति धितोमा कर्जा दिँदै आएका छन् । तर, धितोमा ऋण दिँदा कि भने स्थिर सम्पत्ति (जस्तै: घरजग्गा, परियोजनालगायत धितो) का साथै कतिपय अवस्थामा सवारी साधन तथा तथा बहुमूल्य गहना धितोमा समेत कर्जा दिने चलन छ । 

    कानुनतः यीबाहेक कुनै पनि चल अचल सम्पत्ति धितोमा राख्न सकिन्छ । अचल सम्पत्तिको बेचबिखन रोक्न जग्गा रोक्का र सेयर कारोबार रोक्का गरिन्छ । सुनचाँदी कर्जामा कर्जा दिने व्यक्तिले सुनचाँदी नै राख्ने भएकोले समस्या हुँदैन । तर, अन्य चल वस्तुको धितो राख्दा भने समस्या हुन्छ । उदाहरणका लागि मोटरसाइकल धितोमा ऋण दिँदा ऋण लिने व्यक्तिले नै मोटरसाइकल चढ्छ । त्यसलाई धितोका रूपमा स्वीकार भने गरिएको हुन्छ । यो ऐन यतिमा मात्रै सीमित छैन । खेतमा फल्दै गरेको बाली, जंगलमा हुर्किरहेको रुख, गोठमा भएका बस्तुभाउ समेतलाई आधार मानेर ऋण दिन सक्ने अवधारणा यो ऐनको हो । स्थिर सम्पत्ति नहुनेहरूका लागि ऋण लिने यो एउटा आधारसमेत थियो । यसले बैंक तथा वित्तीय संस्थादेखि व्यक्ति–व्यक्तिबिच हुने कारोबारलाई समेत ‘रिकग्नाइज’ गर्ने व्यवस्था गरिएको छ । 

    उदाहरणका लागि एक व्यक्तिले अर्कोलाई ऋण दिँदा मोटरसाइकल धितोमा राख्ने गरी सम्झौता गर्छ भने यसरी सम्झौता गरेको जानकारी सुरक्षित कारोबार रजिस्ट्रार कार्यालयको वेब पोर्टलमार्फत रेकर्ड गर्छ । योसँगै उक्त कारोबार सुरक्षित भएको मानिन्छ । कुनै कारणले ऋण लिने व्यक्तिले पैसा फिर्ता गरेन भने धितोमा राखिएको उक्त वस्तु सीधै जफत गर्न सक्ने व्यवस्था ऐनमा गरिएको छ । 

    त्यस्तै, एउटै सम्पत्ति पटक–पटक धितोमा राखेर ऋण दिँदा धेरै पटक कारोबार सुरक्षित गर्न सकिन्छ । यस्तो अवस्थामा पहिलो पटक कारोबार गर्नेले पहिलो प्राथमिकता पाउने व्यवस्थासमेत गरिएको हुन्छ । 

    यो ऐन २०६३ सालमा बनेको हो । तर, सुरक्षित कारोबार रजिस्ट्रार कार्यालयको व्यवस्था नहुँदा २०७४ सालदेखि मात्रै लागू भयो । यस्तो कार्यालयको काम अहिले कर्जा सूचना केन्द्रले गर्दै आएको छ । सवारी साधन धितोमा कर्जा दिने बैंक तथा हायर पर्चेज कम्पनीले यसलाई प्रयोग गर्दै आएका छन् । यसैलाई थप व्यवस्थित बनाउँदै नागरिक स्तरसम्मको कारोबारलाई यो दायरामा ल्याउन ऐन संशोधन गर्न लागिएको हो ।

    सोमबार, माघ २८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मुलुकको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहने अनुमान
    गिरीबन्धुको फैसला कार्यान्वयन नगरेको भन्दै प्रधानमन्त्रीविरुद्ध अवहेलनाको निवेदन
    दैलेखमा पेट्रोलियम पदार्थ भएको पुुष्टि, नेपालमै उत्पादनको सम्भावना कति ?
    रवि लामिछानेको सांसद पद स्वत निलम्वनमा
    नेपाल र चीनबीच ‘बीआरआई सहकार्य फ्रेमवर्क’ सम्झौता
    दक्षिण कोरियामा राष्ट्रपतिविरुद्ध महाभियोगको प्रस्ताव

    लोकप्रिय

    भर्खरै

    • १.
      मुलुकको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहने अनुमान

    • २.
      फल्दै गरेको बालीदेखि हुर्किँदै गरेको रूख धितोमा राखेर ऋण लिन सकिने

    • ३.
      गिरीबन्धुको फैसला कार्यान्वयन नगरेको भन्दै प्रधानमन्त्रीविरुद्ध अवहेलनाको निवेदन

    • ४.
      दैलेखमा पेट्रोलियम पदार्थ भएको पुुष्टि, नेपालमै उत्पादनको सम्भावना कति ?

    • ५.
      रवि लामिछानेको सांसद पद स्वत निलम्वनमा

    • ६.
      नेपाल र चीनबीच ‘बीआरआई सहकार्य फ्रेमवर्क’ सम्झौता

    • ७.
      दक्षिण कोरियामा राष्ट्रपतिविरुद्ध महाभियोगको प्रस्ताव

    • ८.
      सन् २०२४ हाल सम्मकै गर्मी वर्ष हुने

    हाम्रो बारेमा

    कम्पनी दर्ता नं : ३५०६७३/८१/८२

    स्थायी लेखा नं : ६२११९७००८

    सूचना विभाग दर्ता नं : ४७२१-२०८१/२०८२

    प्रेस काउन्सिल सूचीकरण नं : ४७२०-२०८१/०८२

    सम्पर्क

    छहरा सूचना तथा सञ्चार प्रा.लि.

    मुसिकोट-१, रूकुम पश्चिम

    फोन : ९८५७८२२८२७

    email : todayaawaj@gmail.com

    टिम

    प्रकाशक : धनकुमारी खत्री

    सम्पादक : दिपेन्द्रराज कुसारी

    सल्लाहकार : गणेश सिर्पाली

     

    संवाददाताहरू :

    रेजिना घर्ति मगर (नेपाल)

    धर्मराज खत्री (प्रवास)

    Copyright ©2026 Aawaj Today | All rights Reserved.
     Website By :  nwTech.