• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • थप
    • प्रवास
    • साहित्य
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • फिचर
    • रोचक
    • विज्ञान प्रविधि
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
आइतबार, फागुन १७, २०८२
☰
आइतबार, फागुन १७, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • थप
      • प्रवास
      • साहित्य
      • अन्तराष्ट्रिय
      • पत्रपत्रिका
      • फिचर
      • रोचक
      • विज्ञान प्रविधि
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

म्याद गुज्रिएको औषधि बेच्ने नवजीवन अस्पताललाई २ लाख रुपैयाँ जरिवाना

भ्रातृ संस्थामा समानान्तर समिति बनाउने शेखर समूहको चेतावनी

चुनावका लागि दुई करोड मतपत्र छाप्ने निर्वाचन आयोगको तयारी

एमालेले तय गर्‍यो उम्मेदवार छनौटका ६ वटा मापदण्ड

आणविक हतियार प्रयोग गर्ने रुसको चेतावनी

भूपू सैनिकलाई प्रधानसेनापतिको आग्रह : विदेशमा पैसा फलेको हुन्न, यहीँ परिश्रम गर्नुहोस्’

भुपेन्द्र बडुवाल हत्याका प्रकरण : फरार तीन अभियुक्त पक्राउ

लोकप्रिय समाचार

रवि लामिछानेको सांसद पद स्वत निलम्वनमा


  •   आइतबार, पुष ०७, २०८१ मा प्रकाशित
  • धर्मराज खत्री ।

    Advertisement

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सांसद पद स्वत निलम्बनमा परेको छ।

    लामिछानेविरूद्ध आइतबार कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दर्ता भएको छ।

    सम्पत्ति शुद्धीकरण ऐन २०६४ को दफा २७ अनुसार मुद्दा दर्तापछि पद स्वत निलम्बन हुने व्यवस्था छ।

    त्यसमा भनिएको छ, ‘प्रचलित कानुनबमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्र सेवक यस ऐनबमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निज उपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्र सेवक स्वत निलम्बन भएको मानिनेछ।’

    संघीय संसद सचिवालयका एक उच्चपदस्थ अधिकारीले पनि सम्पत्ति शुद्धीकरणमा मुद्दा दर्ता भएसँगै लामिछानेको सांसद पद निलम्बनमा पर्ने बताए। ‘पत्र आएपछि उहाँको सांसद पद निलम्बनमा पर्छ,’ उनले भने।

    लामिछानेको सांसद पद स्वत निलम्बनमा परेको जिल्ला अदालत कास्कीकी न्यायाधिवक्ता कमला काफ्लेले सेतोपाटीलाई बताइन्। ‘सम्पत्ति शुद्धीकरण ऐनको दफा २७ अनुसार रवि लामिछानेको सांसद पद स्वत निलम्बन हुन्छ,’ उनले भनिन्, ‘यो कुरा अभियोग पत्रमा उल्लेख गरिराख्नु पर्दैन। कानुनअनुसार सम्बन्धित निकायलाई पत्राचार गर्छौं।’

    सरकारी वकिल कार्यालयले रविसँग सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार ७०५ को बिगो माग गरेको छ । लामिछानेसँग सहकारी ठगी र सम्पत्ति शुद्धीकरणमा गरी कूल ३० करोड ७१ लाखभन्दा बढी बिगो दाबी भएको छ। गत कात्तिक २ गते पक्राउ परेका लामिछानेविरूद्ध आइतबार अदालतमा मुद्दा दर्ता भएको हो।

    भ्रष्टाचार निवारण ऐन, २०५९ मा राष्ट्रसेवकको व्याख्या गरिएको छ। त्यसमा राष्ट्रपति, नेपाल सरकार वा सार्वजनिक संस्था समक्ष लिएको शपथबाट वा नेपाल सरकार वा सार्वजनिक सस्थासँग गरेको सम्झौता वा कबुलियत वा शर्त बमोजिम वा सार्वजनिक पालना गर्नको लागि सरकार वा संस्थाबाट तलब, भत्ता, पारिश्रमिक, सुविधा हैसियत वा अन्य कुनै लाभ पाउने वा नपाउने गरी नियुक्त, मनोनीत वा निर्वाचित व्यक्ति मानिएको छ।

    आइतबार, पुष ०७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मुलुकको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहने अनुमान
    फल्दै गरेको बालीदेखि हुर्किँदै गरेको रूख धितोमा राखेर ऋण लिन सकिने
    गिरीबन्धुको फैसला कार्यान्वयन नगरेको भन्दै प्रधानमन्त्रीविरुद्ध अवहेलनाको निवेदन
    दैलेखमा पेट्रोलियम पदार्थ भएको पुुष्टि, नेपालमै उत्पादनको सम्भावना कति ?
    नेपाल र चीनबीच ‘बीआरआई सहकार्य फ्रेमवर्क’ सम्झौता
    दक्षिण कोरियामा राष्ट्रपतिविरुद्ध महाभियोगको प्रस्ताव

    लोकप्रिय

    भर्खरै

    • १.
      मुलुकको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहने अनुमान

    • २.
      फल्दै गरेको बालीदेखि हुर्किँदै गरेको रूख धितोमा राखेर ऋण लिन सकिने

    • ३.
      गिरीबन्धुको फैसला कार्यान्वयन नगरेको भन्दै प्रधानमन्त्रीविरुद्ध अवहेलनाको निवेदन

    • ४.
      दैलेखमा पेट्रोलियम पदार्थ भएको पुुष्टि, नेपालमै उत्पादनको सम्भावना कति ?

    • ५.
      रवि लामिछानेको सांसद पद स्वत निलम्वनमा

    • ६.
      नेपाल र चीनबीच ‘बीआरआई सहकार्य फ्रेमवर्क’ सम्झौता

    • ७.
      दक्षिण कोरियामा राष्ट्रपतिविरुद्ध महाभियोगको प्रस्ताव

    • ८.
      सन् २०२४ हाल सम्मकै गर्मी वर्ष हुने

    हाम्रो बारेमा

    कम्पनी दर्ता नं : ३५०६७३/८१/८२

    स्थायी लेखा नं : ६२११९७००८

    सूचना विभाग दर्ता नं : ४७२१-२०८१/२०८२

    प्रेस काउन्सिल सूचीकरण नं : ४७२०-२०८१/०८२

    सम्पर्क

    छहरा सूचना तथा सञ्चार प्रा.लि.

    मुसिकोट-१, रूकुम पश्चिम

    फोन : ९८५७८२२८२७

    email : todayaawaj@gmail.com

    टिम

    प्रकाशक : धनकुमारी खत्री

    सम्पादक : दिपेन्द्रराज कुसारी

    सल्लाहकार : गणेश सिर्पाली

     

    संवाददाताहरू :

    रेजिना घर्ति मगर (नेपाल)

    धर्मराज खत्री (प्रवास)

    Copyright ©2026 Aawaj Today | All rights Reserved.
     Website By :  nwTech.