• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • थप
    • प्रवास
    • साहित्य
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • फिचर
    • रोचक
    • विज्ञान प्रविधि
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
आइतबार, फागुन १७, २०८२
☰
आइतबार, फागुन १७, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • थप
      • प्रवास
      • साहित्य
      • अन्तराष्ट्रिय
      • पत्रपत्रिका
      • फिचर
      • रोचक
      • विज्ञान प्रविधि
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

म्याद गुज्रिएको औषधि बेच्ने नवजीवन अस्पताललाई २ लाख रुपैयाँ जरिवाना

भ्रातृ संस्थामा समानान्तर समिति बनाउने शेखर समूहको चेतावनी

चुनावका लागि दुई करोड मतपत्र छाप्ने निर्वाचन आयोगको तयारी

एमालेले तय गर्‍यो उम्मेदवार छनौटका ६ वटा मापदण्ड

आणविक हतियार प्रयोग गर्ने रुसको चेतावनी

भूपू सैनिकलाई प्रधानसेनापतिको आग्रह : विदेशमा पैसा फलेको हुन्न, यहीँ परिश्रम गर्नुहोस्’

भुपेन्द्र बडुवाल हत्याका प्रकरण : फरार तीन अभियुक्त पक्राउ

लोकप्रिय समाचार

दैलेखमा पेट्रोलियम पदार्थ भएको पुुष्टि, नेपालमै उत्पादनको सम्भावना कति ?


  •   बुधबार, पुष २४, २०८१ मा प्रकाशित
  • दैलेखको पैरवी गाउँपालिका-१ स्थित जलजलेमा पेट्रोलियम भण्डार रहेको पुष्टि भएको छ।

    Advertisement

    खानी तथा भूगर्भ विभागका अनुसार पुस २० गते ड्रिलिङको काम सकिएसँगै दैलेखमा पेट्रोलियम भण्डार रहेको कुरा पुष्टि भएको हो।

    ‘४ हजार मिटर ड्रिलिङ गर्ने लक्ष्यसहित काम सुरू गरिएकोमा पुस २० गते ४ हजार १३ मिटर ड्रिलिङ गर्ने काम सम्पन्न भयो,’ खानी विभागका वरिष्ठ भूगर्भविद गणेशनाथ त्रिपाठीले भने, ‘ड्रिलिङ गर्दा पेट्रोलियम पदार्थ अन्तर्गत प्राकृतिक ग्यासहरू भेटिएको छ। अर्थात् उक्त भूगर्भमा पेट्रोलियम भण्डार रहेको पुष्टि भएको छ।’

    दैलेखमा लामो समयदेखि पेट्रोलियम खानी रहेको चर्चा हुँदै आएको थियो। तर ठोस अनुसन्धानको काम अगाडि बढेको थिएन। गत वैशाखदेखि भने चीन सरकारको आर्थिक र प्राविधिक सहयोगमा दैलेखको जलजलेमा ड्रिलिङको काम सुरू गरिएको थियो।

    नेपाल र चीन सरकारबीच भएको सम्झौता अनुसार ड्रिलिङ कार्य दोस्रो चरणको काम हो। त्यसअघि चीनका प्राविधिक टोलीले स्थलगत अध्ययन गरेर पेट्रोलियम पदार्थ हुनसक्ने सम्भावित ठाउँ पहिचान गरेको थियो। सोही ठाउँमा गत वैशाखदेखि ड्रिलिङको काम सुरू गरिएको हो।

    ड्रिलिङको काम सकिएसँगै अब तेस्रो चरणको काम सुरू हुनेछ। सन् २०१९ मा चीन सरकारसँग सम्झौता हुँदै यो कार्य तीन चरणमा सक्ने सम्झौता भएको थियो।

    तेस्रो चरणमा ड्रिलिङ गर्दा भेटिएका विभिन्न चट्टानका नमूनाहरूलाई प्रयोगशालामा परीक्षण गर्नुपर्ने हुन्छ। त्यसका लागि चिनियाँ प्राविधिक टोलीले चट्टानका नमूनाहरू संकलन गरिसकेको छ। अब ती नमूनाहरूको प्रयोगशालामा थप परीक्षण गरेर चीनले नेपाललाई विस्तृत प्रतिवेदन दिनेछ।

    उक्त प्रतिवदेन प्राप्त भएपछि पेट्रोलियम पदार्थ कुन परिमाणमा छ भने सम्भावित जानकारी प्राप्त हुन्छ। सोही आधारमा सरकारलाई आगामी कदम लिन सहज हुने त्रिपाठीको बुझाइ छ।

    ‘सम्झौताको तेस्रो फेजमा नेपाल सरकालाई चीन सरकारले विस्तृत प्रतिवेदन बुझाउने भन्ने छ। त्यसमै टेकेर सरकारले आगामी योजना अनुसार अघि बढ्न सक्छ,’ उनले भने, ‘सम्झौताको अवधि आगामी फेब्रुअरी २८ मा सकिँदैछ। त्यसैले एक-दुई महिनाभित्रै प्रतिवेदन प्राप्त गर्छौं भन्ने आशा छ।’

    तर चीनबाट प्राप्त प्रतिवेदनबाट पेट्रोलियम पदार्थ उत्पादन गर्न मिल्ने/नमिल्ने भन्ने थाहा हुँदैन। त्यसका लागि भण्डारको मूल्यांकन गर्नुपर्छ। यसले भण्डारमा कति मात्रामा ग्यास फ्लो भइरहेको छ भन्ने यकिन हुन्छ। यसरी ग्यासको मात्रा थाहा भएपछि उक्त स्रोतलाई व्यावसायिक प्रयोजनका लागि प्रयोग गर्न मिल्ने/नमिल्ने कुरा थाहा हुन्छ।

    यदि ठूलो मात्रामा ग्यासको परिमाण भेटिए त्यसलाई कसरी व्यावसायिक प्रयोजनमा ल्याउन सकिन्छ भन्ने प्रश्नमा त्रिपाठी भन्छन्, ‘त्यस्तो अवस्थामा हाम्रो पेट्रोलियम ऐन र नियमावली विद्यामान छन्। हामीले बोलपत्रमार्फत अन्तर्राष्ट्रिय लगानीकर्तालाई प्रोडक्सन सेयरिङ कन्ट्रयाक्ट अन्तर्गत जिम्मा दिन सक्छौं। यी कुराहरू कानुनमा स्पष्ट भएको हुँदा खासै अन्यौल हुन्छ भन्ने लाग्दैन।’

    दैलेखमा पेट्रोलियम अन्वेषणको काम भइरहँदा कतिपयलाई कच्चा तेलको स्रोत नै भेटिएला भन्ने पनि लागेको थियो। तर प्राकृतिक ग्यास पनि पेट्रोलियम पदार्थ अन्गर्गत नै पर्ने त्रिपाठी बताउँछन्।

    ‘पेट्रोलियम भन्नुबित्तिकै त्यसमा ग्यास र कच्चा तेल दुबै पर्छन्। कुनै ठाउँमा ग्यास र तेलको भण्डारण एकै ठाउँमा भेटिन्छ। कुनै ठाउँमा ग्यास र कुनैमा तेल मात्र पनि भेटिने हुन्छ,’ उनले भने, ‘अहिले हाम्रोमा ड्रिल गरेको ठाउँमा पनि तेलको संकेत भेटिएन तर प्राकृतिक ग्यासहरू भेटिएका छन्।’

    यस्ता प्राकृतिक ग्यासहरूलाई प्रयोग गर्ने चलन विश्वव्यापी रूपमै बढेको उल्लेख गर्दै त्रिपाठीले वातावरणीय हिसाबले पनि यो फाइदाजनक रहेको जनाए। प्राकृतिक ग्यासले तेलभन्दा कम वातावरण प्रदुषण गर्ने हुँदा यसलाई इन्धनका रूपमा पनि प्रयोग गर्न सकिने उनको भनाइ छ।

    ‘हाम्रो भेटिएको प्राकृतिक ग्यासलाई प्रयोगमा ल्याउने धेरै विधिहरू छन्। धेरै देशले यसको प्रयोग पनि गरिरहेका छन्। त्यसैले ग्यास मात्र भेटियो, कच्चा तेल भेटिएन भनेर निराश हुनुपर्दैन,’ त्रिपाठीले भने।

    २०४३ सालमा पनि मोरङको बाहुनीमा पेट्रोलियम अन्वेषणका लागि ड्रिलिङ गर्ने काम भएको थियो। ३ हजार ५ सय मिटर बढी ड्रिलिङ गर्दा पनि पेट्रोलियम पदार्थ पत्ता नलागेपछि काम रोकिएको थियो। त्यसपछि एकैचोटि अहिले दैलेखमा ड्रिलिङ गरिएको हो।

    दैलेखमा देखिएका सकारात्मक संकेतहरूले भने निकै आशा जगाएको उल्लेख गर्दै उनले भने, ‘अहिलेसम्म दैलेखमा चुहावटहरू भेटिएको थियो तर हाम्रोमा पेट्रोलियम पदार्थ छ वा छैन भन्ने अन्यौल नै थियो। यो अन्वेषणले भने पेट्रोलियम भण्डार छ भन्ने पुष्टि गरेको छ।

    बुधबार, पुष २४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मुलुकको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहने अनुमान
    फल्दै गरेको बालीदेखि हुर्किँदै गरेको रूख धितोमा राखेर ऋण लिन सकिने
    गिरीबन्धुको फैसला कार्यान्वयन नगरेको भन्दै प्रधानमन्त्रीविरुद्ध अवहेलनाको निवेदन
    रवि लामिछानेको सांसद पद स्वत निलम्वनमा
    नेपाल र चीनबीच ‘बीआरआई सहकार्य फ्रेमवर्क’ सम्झौता
    दक्षिण कोरियामा राष्ट्रपतिविरुद्ध महाभियोगको प्रस्ताव

    लोकप्रिय

    भर्खरै

    • १.
      मुलुकको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहने अनुमान

    • २.
      फल्दै गरेको बालीदेखि हुर्किँदै गरेको रूख धितोमा राखेर ऋण लिन सकिने

    • ३.
      गिरीबन्धुको फैसला कार्यान्वयन नगरेको भन्दै प्रधानमन्त्रीविरुद्ध अवहेलनाको निवेदन

    • ४.
      दैलेखमा पेट्रोलियम पदार्थ भएको पुुष्टि, नेपालमै उत्पादनको सम्भावना कति ?

    • ५.
      रवि लामिछानेको सांसद पद स्वत निलम्वनमा

    • ६.
      नेपाल र चीनबीच ‘बीआरआई सहकार्य फ्रेमवर्क’ सम्झौता

    • ७.
      दक्षिण कोरियामा राष्ट्रपतिविरुद्ध महाभियोगको प्रस्ताव

    • ८.
      सन् २०२४ हाल सम्मकै गर्मी वर्ष हुने

    हाम्रो बारेमा

    कम्पनी दर्ता नं : ३५०६७३/८१/८२

    स्थायी लेखा नं : ६२११९७००८

    सूचना विभाग दर्ता नं : ४७२१-२०८१/२०८२

    प्रेस काउन्सिल सूचीकरण नं : ४७२०-२०८१/०८२

    सम्पर्क

    छहरा सूचना तथा सञ्चार प्रा.लि.

    मुसिकोट-१, रूकुम पश्चिम

    फोन : ९८५७८२२८२७

    email : todayaawaj@gmail.com

    टिम

    प्रकाशक : धनकुमारी खत्री

    सम्पादक : दिपेन्द्रराज कुसारी

    सल्लाहकार : गणेश सिर्पाली

     

    संवाददाताहरू :

    रेजिना घर्ति मगर (नेपाल)

    धर्मराज खत्री (प्रवास)

    Copyright ©2026 Aawaj Today | All rights Reserved.
     Website By :  nwTech.