२८ माघ, काठमाण्डौँ ।
Advertisement
गिरीबन्धु टी स्टेट्ससम्बन्धी जग्गाको फैसला कार्यान्वयन नगरेको आरोपमा प्रधानमन्त्री केपि शर्मा ओली विरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलना सम्बन्धी मुुद्धा दर्ता गरिएको छ ।
अधिवक्ता ओमप्रकाश अर्यालले गिरीबन्धु सम्बन्धी सर्वोच्च अदालतको फैसला कार्यान्वयन नगरेको, फैसला कार्यान्वयनमा अवरोध गरेको आरोपमा अवहेलना मुुद्धा दर्ता गर्नुभएको हो ।
उहाँले केही दिनअघि जारी भूूमिसम्बन्धी अध्यादेश जारी गर्ने कदमलाई पनि अदालतको अवहेलनामा कार्बाही हुने आधारका रुपमा प्रस्तुुत गर्नुभएको छ ।
