१३ कात्तिक, काठमाडौँ ।
Advertisement
देशभर तिहारको रौनक सुुरु भएको छ । फूलहरूको पर्व तिहार सुरु भएसँगै बजारभरि छ्याप्छ्याप्ती प्लास्टिकका प्रतिबन्धित फूल देखिन थालेको छ । यसले प्राकृतिक फूल ओझेलमा पर्ने देखिएको छ ।
यसपटक सरकारले देशभर प्लास्टिकको फूल गुच्छा उत्पादन, आयात र बिक्री वितरणमा रोक लगाएको छ ।
सहरमा प्लास्टिकको फूल तथा माला पाउनु सामान्य जस्तै देखिन्छ । राजधानी काठमाण्डौँ सहित सुर्खेत, वीरगञ्ज, हेटौंडा, गौर, पोखरा, जनकपुर, विराटनगर, बुटवल, नेपालगञ्ज जस्ता ठूला सहरमा समेत यसको नियन्त्रण भइरहेको देखिँदैन् ।
अहिले बजारभरि प्रतिबन्धित प्लास्टिकको फूल देखिन थालेको हो । प्लास्टिकका फूल धेरै देखिन थालेपछि स्थानीय तहले सूचना निकालेर नियमन गर्न थालेका छन् ।