दिपेन्द्रराज कुसारी । प्रधानमन्त्री केपि शर्मा ओली सहितको नेपाली प्रतिनिधि मण्डल संयुुक्त राष्ट संघको ७९ औँ महासभा र समिट अफ द फ्युुचरमा भाग लिन अमेरिकाको न्युुयोर्क पुुगेको छ ।
प्रधानमन्त्री ओलीलाई न्युयोर्कस्थित राष्ट्रसंघका लागि नेपाली प्रतिनिधि लोकबहादुर थापा, नियोग उपप्रमुख कौशलकिशोर राय, अमेरिकाका लागि कार्यवहाक राजदूत कुमार खरेल, न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासका प्रमुख चक्र सुवेदीलगायतले शुुक्रबार राती जोन एफ केनेडी विमानस्थलमा स्वागत गर्नुभएको छ ।
महासभासहित प्रधानमन्त्री ओलीले ७ ओटा कार्यक्रमलाई सम्बोधन गर्नुुहुने छ । कार्यक्रमका लागि प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयले न्युयोर्कस्थित राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगमार्फत सम्पूर्ण गृहकार्य पूरा गरिसकेको छ ।
ओलीले संयुक्त राष्ट्रसंघ भित्र महासभाको भ्रमणका दौरान चार महत्त्वपूर्ण कार्यक्रममा सम्बोधन गर्नुुहुने छ । परराष्ट्रकाअनुसार प्रधानमन्त्री ओलीले समिट अफ द फ्चुचयर, ७९ औँ महासभाको उच्चस्तरीय छलफल, ‘एन्टिमाइक्रोबियल रेसिस्सटेन्स’ को उच्चस्तरीय सत्र र ‘सी लेभल राइज’ को उच्चस्तरीय सत्रमा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । साथै न्युयोर्कमै विभिन्न मुलुकका सांसदहरुलाई ‘पेरिस सम्झौतासँग जोडिएर फाइनान्सिङ द फुचरमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।